भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा प्रश्न / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


धेरैधेरै गर्व गर्‍यौ आफूलाई वीर भन्यौ
भन आज कति सन्तान फेरि अर्को बुद्ध बन्यौ ?
दोस्रो सगरमाथा बन्यौ ?

निधारमा भरियाको कति पर्‍यो डाम हेर ?
अँध्यारै छन् झुपडी ती कहाँ पर्‍यो घाम हेर !
हेर बाँकी संसारलाई अनि आफूलाई हेर
देशको माया कस्तो हुन्छ सहिदको नाम हेर !

कति धार बाँकी रह्यो गोर्खालीको खुकुरीमा ?
सीमानामा देश खोज झण्डा खोज टाकुरीमा
न्याय माग्छ इतिहासले श्रम माग्छ धरतीले
कति जोश बाँकी रह्यो आज हाम्रो पाखुरीमा !