Last modified on 16 जुलाई 2017, at 09:37

एउटा साथी मरेर गयो / राजेश्वर रेग्मी


एउटा साथी मरेर गयो
याद मुटुमा छरेर गयो

कसैलाई दुख्तै दुखेन तर
आँखामा आँसु भनेर गयो

आकाशको त्यो चम्किलो तारा
एक्कासी आज झरेर गयो

फेरि एकपल्ट आउँछु भन्दै
वाचा र वन्धन गरेर गयो

सोचे हुन् कति–कतिले त
दशा यो आफैं टरेर गयो ।