भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
एउटी नायिकाको सम्झनामा / ज्योति जङ्गल
Kavita Kosh से
हेर्दैछु,
एउटा पात्रको
सिंगो चलचित्र।
धेरैले हेरे
चुपचाप किन बसेहुन्
कि चुपचाप दुखेहुन्।
हतारको समुद्रमा डुब्दै
जिम्मेवारीको अविरल खतरामा
आचलको स्याहार बोकेर हिडिरही,
छोडिहिड्नेलाई जन्मको उपहार बाडी,
सगै हिड्नेलाई
छातीको धरातल दिई।
हेर्दैछु,
जीवनको सङ्क्रमणले
चक्रव्युहमा पारेर
जन्मनै नदिएका आकांक्षाहरु,
गुनासोका गीतविना सकिएका दृष्यहरु,
कतै नगरिएको रहरको प्रकाशन
अनि जागरले सिंगारेको रोग।
अन्तिमसम्म,
दैलो, आगन मझेरी
हिड्दै कुर्दै सकिई,
निहुरिई निहुरिई
मुस्काएरै गई,
अन्तिम साससम्म
अरुकै खवर सोध्दैथिई,
निर्दयीले
छातीबाट आमाको याद
आखामा छल्काएर गई,
किन आफूलाई विर्सिएकी होली जुनीभर?