भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कसरी म भुलें केमा म भुलें / भीम विराग

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कसरी म भुलें, केमा म भुलें
तिम्रो ओठमा, तिम्रो मुस्कानमा
आँखामा कि भाखामा

पानीभित्र डुबिबस्छ चन्द्रमाको छायाँ
सपनाभित्र मन भुल्छ मनभित्र माया
तिम्रो रुपमा कि रंगमा, केमा म भुलें

गहिराइमा सागर भुल्छ, सागरमा पानी
तिमीलाई खोजिबस्छ, आँखाका यी नानी
तिम्रो साथले कि बातले, केमा म भुलें