भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कस्तो होला हिमालको हिउँ पग्लेपछि / क्षेत्रप्रताप अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कस्तो होला हिमालको हिउँ पग्लेपछि
कस्तो होला समुद्रको पानी अग्लेपछि

सुन्दा पनि डरै लाग्छ
देख्नु परे के के होला नि !
हिउँबिनाको सगरमाथा
लेख्नु परे के के होला नि !

कस्तो होला पँधेरीमा पानी सुकेपछि
कस्तो होला अँधेरीमा जूनै लुकेपछि

हैन हैन सत्य हैन
यस्तो पनि हुनु हुन्छ र !
यति सुन्दर सिर्जना
भत्काएर रुनु हुन्छ र !

कस्तो होला हावापानी नभएको माटो
कस्तो होला बाटोघाटो सबै तातो तातो