भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

किन मन हुन्छ चञ्चल / धनेन्द्र विमल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



किन मन हुन्छ चञ्चल
किन बढ्छ याद झनझन
के भो मलाई के रोग लाग्यो लौन बताऊ
लडें लडें लडें म त लौन समाऊ

कति बसन्त आए गए तर यस्तो भएन
काउकुती लाग्नुपर्ने मनमा तर कहिले लागेन
अचानक आज किन धड्कन बढेको ?
भोक प्यास छैन मलाई यो के भएको ?
मुहार मेरो कलिलो मुना आज हाँसिरहेछ
जोवन मेरो सम्हालिने कोही आइरहेछ
अचानक आज कस्तो फरक भएको
हासुँ हासुँ रोऊँ रोऊँ यो के भएको
कसैको माया जालमा खसे जस्तो छ
वैंशको लाली आज चढेजस्तो छ

शब्द – धनेन्द्र विमल
स्वर – साधना सरगम
संगीत – भूपेन्द्र रायमाझी
चलचित्र – गोपीकृष्ण