भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही दाना कविता (८) / तुल्सी थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

३६. मन
निकाल हरेक चिज यसबाट
जब केही बाँकी रहन्न
त्यहाँ तिमी आफै हुने छौ ।

३७. अविभाज्य
बाँच्नु छ किस्ताबन्दीमा
त्यसैले त जिन्दगी यो
खण्डित छ टुक्राटुक्रागा ।

३८. समर्पण
ए, दार्शनिक !
तिम्रो ब्युँझाइमा म
साँच्चै निदाउन सक्छु ।

३९. ज्यादति
देश अन्धाहरूको हात्ती हैन
मनपरि परिभाषा नदेओ
हात्ती बिच्किन बेर छैन ।

४०. देश
एक्लो शिलास्तम्भमा यहाँ
ज्युँदै रहेछौ बलभद्र तिमी
देश त तिम्रो कहाँ छ कहाँ ?