भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही दाना कविता (९) / तुल्सी थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

४१. काठमाडौँ
पहाड़हरू सबै चिसा छन्
यहाँ त छामेर भन्नुपर्छ
कसको मुटु तातो छ ।

४२ अल्पविराम
मलामीहरू किन सुस्ताउँदैनन् ?
कतै तिनले फेरि अर्कै लास
कुरेका त होइनन् ?

४३. अन्धयुद्ध
अब ती शङ्खनाद गर्ने छन्
आऊ यो युद्ध पनि हेरौँ
अब गिँडहरूमात्र लड्ने छन् ।

४४. आत्मा
नित्सेले क्रिया गरिनसकेको
मृत ईश्वरको ईश्वरत्व भेटिन्छ सर्वत्र
अझै भटकिरहेको ।

४५. यथास्थिति
ओडारबाट बाहिर निक्लेकै हौँ
उज्यालो के हो ठम्याउनै सकिएन
अँध्यारोबाट अँध्यारोमै पुगेछौँ ।