भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही हाइकु २ / ज्ञान उदास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


प्लेटमा घाम
आकाशमा उज्यालो
सुन्दर छाया ।

मीठो निद्रामा
चिवे चरीको गीत
मन भरङ्ग

आँखाको माया
पोखिएको तस्बिर
भ्यागुता रो...को !

मनले चाहृयो
फूलैफूलको मन
चट्याङ्ग पर्‍यो !

एकाबिहानै
बेसुरको भजन
झिङ्गाको चित्त !

गहिरो खानी
तातो तातो रापमा
सुन फुलेको !