भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गडतीरमा उभिएर / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छातीमा —
संवेदना सकिएको बेला
यो निर्जन टापूमा
गाउनको निम्ति अब कुनै गीत छैन
भर्खरै —
आफन्तको मलामी गएर अस्ताएको दिन
उस्तै हुन सक्छ

जहाँबाट रोएका थियौँ हामीले आफैलाई बिर्सिएर ।

यो बत्ती निभेको गडतीर
नदीको बेप्रवाह छाल
मोडर्न निक्काले देखेको सपनाजस्तै
फरक हुन सक्छ —
आफ्नै अँध्यारो छायाँसँग
आउने अलग–अलग आकृतिजस्तै ।

छालजस्तै बगेर गैरहेछ
प्रेमको अधुरो प्रसङ्ग

हामीले देखेको बत्तीको मधुरो प्रकाशसँगै...
सुरक्षित छैन
हाम्रो अस्तित्व/ हाम्रो प्रेम
मोर्डन निक्काले देखेको सपनाजस्तै
छातीमा संवेदना सकिएको बेला
यो निर्जन टापूमा गाउनको निम्ति अब कुनै गीत छैन ।