भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँमा कविताहरू २ / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

खडेरी पर्छ गाउँमा

आँपका मञ्जरीहरू
फुल्दा फुल्दै मुर्झाउछन्
अग्ला अग्ला लिङ्गोमा
बाँस फुल्छ।

गाउँमा ‘लू’ चल्छ।

खडेरीमा गाउँलाई हेर्न कोही
आउदैनन्।
खडेरीमा गाउँलाई छुन कोही
आउदैनन्।

गाउँको ढुङ्ग्री बुलाकी केही हुदैन
यसबेला।