चर्पटपञ्जरी / जगन्नाथ उपाध्याय गुरागाञी
भज नारायण, भज नारायण, भज नारायण सज्जन हो !
मर्नु छ निश्चय भोलि कि पर्सि यहि छ सहारा उस दिनको ॥ध्रु०॥
क्षण-पल घरि दिन रात बिहाना ।
घरि-घरि नाम र भेष बिराना ॥
काल जमाउँछ खेल तमाशा ।
आयु घटे तर घतिन 'आशा' ॥भज०॥
॥१॥
देह छ नाङ्गो कपड़ा छैनन् ।
अँजुलीबाहिक बर्तन छैनन् ।
भिख गरि खान्छन् रुखमनि बस्छन् ।
तर पनि आशैतिर मन धछन् ॥भज०॥
॥२॥
जबतक धनको लाउँछ धारो ।
तबतक सबले मान्छ पियारो ।।
वृद्ध हुँदा जब बल टुटि जाला ।
बन्ला घरमैं सबको हाला ॥भज०॥
॥३॥
कति मुडिँदै छन् कति रँगिदै छन् ।
कति लट्टाका प्रेमि हुँदै छन् ।
तर छन् 'ज्ञान बिना' सब अन्धा ।
भुँड़िमैं ठिक्क छ सबको धन्धा ॥भज०॥
॥४॥
गीता अलिकति जो पढ़ि लिन्छन् ।
अलिकति गङ्गाजल निलि दिन्छन् ॥
प्रभुको पूजन जो जन गर्नन् ।
किन यी यमका वशमा पर्नन् ।भज०॥
॥५॥
देह बिचारा गलिगो सारा ।
लौरो भो पर सर्न सहारा ॥
केश फुलेका दाँत झरेका ।
सब छन् आशैतर्फ गिरेका ॥भज०॥
॥६॥
खेल्दै बितिगो बाल्यअवस्था ।
तरुणीतिर गो तरुणाऽवस्था ॥
वृद्ध भएपछि चिन्ता लेला ।
हरिकन भजने कुन हो बेला! ॥भज०॥
॥७॥
अनि पनि जन्मनु अनि पनि मर्नु ।
अनि पनि गर्भेतिर गै पर्नु ॥
अब ता प्रभुजी पार लगाऊ ।
भवसागरबाट उठाऊ ॥भज०॥
॥८॥
अनि उहि दिउँसो रात र हप्ता ।
पक्ष र तिथि ऋतु, वार घुमन्ता ॥
मैन्हा अयन र वर्ष उनै छन् ।
आयु कतर्ने कैंची यिनै हुन् ॥भज०॥
॥९॥
वन सकिंदा काम छ ठट्टा । .
पानि सुकेपछि पोखरि झुट्टा ॥