भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चित्त अहो सबैको सानो लाग्यो / ज्ञानुवाकर पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

चित्त अहो सबैको सानो लाग्यो
जमाना यो सारै बिरानो लाग्यो

आधुनिक देखिए पनि जीवनशैली
सोचाइ भने उसको पुरानो लाग्यो

निमुखाले कहिल्यै न्याय नपाउने
कानुन यहाँको सत्ते कानो लाग्यो

दुःखमा कसैलाई सहयोग गर्दा
बनिने पो हो कि अचानो लाग्यो

छैन अब कसैमाथि भरोसा मलाई
अँगालो बरू तिम्रै न्यानो लाग्यो ।