भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
चिया पिइसकेर उसको घरबाट हिँड्ने बेलामा / बैरागी काइँला
Kavita Kosh से
आज, मेरो हजुर–को
दर्शनार्थ— धृष्टता गरौँकि भनेर
इः, यसरी गुन्डिएर आएकोथिएँ
आज, मेरो हजुर–को
सेवार्थ के–के भनौँकि भनेर
इः, यसरी झुन्डिएर आएको थिएँ
शिष्टताका निम्ति साधुवाद ।
चियाका निम्ति धन्यवाद ।
अरू के भनौँ…
सब बिर्सिएँ, जे–जे भनौँ भनेर आएको थिएँ।
हेर्नुहोस्…
यी आँखामा जो लजाइरहेका तस्बिर थिए
मेरो हजुरकै हुन् कि भनेर
चिनाउन आएको थिएँ।