भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चेतनाको उद्भव / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आकाङ्क्षा लिई निम्न वर्गहरूको आत्मा दुखेको धुने
आर्थिक सङ्कटका अगाध दुःखले पाउ अगाडि हुने
स्वाभिमान बचाउने प्रण उठी राखी ठूलो हौसला
झल्केको छ विकासशील मनमा उतिर्ण’ बन्ने कला

चुत्था काँतर राक्षसी दमनका पाई ठूलो यातना
ढाल्ने दुर्ग लिएर आँट बढ्दै छन् वीर वीरांगना
सारा शोषणका शिकारहरूका दुर्दान्त आँधी उठी
चाँडै नै अब देशद्रोहीहरूले जानुछ धर्ती छुटी

शत्रुमाथि गरी समर्पित जुनी ज्यूनू यहाँ व्यर्थ छ
हाम्रो आज कुटा कुदाल हँसिया बन्दुकमा अर्थ छ
भाग्दैनौँ अब तथ्यबाट पर भै आत्मा गरी साँगुरा
हो बाल्छौँ जनमञ्चबाट भवमा ऐले घटेका कुरा

जाँदैनौँ पुरुषार्थ केही नगरी संसारदेखि मरी
भन्दै यो तगडा विचार जनतामाथि समर्पण गरी
आफ्ना जीवनका परिश्रमहरू पारी उज्यालो अब
आयो व्याप्त भएर जागरणको भै चेतना उद्भव