भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चोखो छ है यो मेरो माया / गणेश रसिके

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

चोखो छ है यो मेरो माया
राराको सङ्लो पानी जस्तै
त्यस्तै-त्यस्तै-त्यस्तै तिम्रो आँखाको नानी जस्तै

नसम्झिदेऊ तिमीले
यो मेरो माया अधुरो छ,
नसोचिदेऊ तिमीले
यो कथाभित्र बिछोड छ
आँसुले भिजेको गीत छ

सम्हालिदेऊ तिमीले
मैले गाएका गीतहरू
मुटुमा सधैँ राख्नू है
मैले दिएका प्रीतहरू
तिमीलाई दिएका मुस्कानहरू