भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छनछन् छनछन् बोलिदिन्छ / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छन्छन् छन्छन् बोलिदिन्छ सप्तरङ्गी चुरा
लजाउँदा मनभित्रै गुम्सिएका कुरा
 
हावासँगै साथ लागूँ नचिनेको बाटो
खोलिदिऊँ कि मनका कुरा लुकाउनु साटो
हड्बडाउँछु भेट हुँदा होशै हुन्न पूरा
लजाउँदा मनभित्रै गुम्सिएका कुरा
 
राखूँ सधैँ तिम्रो खुसी सिउँदो भरीभरी
सजिए झैँ हिमचुली झुल्के घाम परी
लर्बराउँछु चलेपछि नजरका छुरा
लजाउँदा मनभित्रै गुम्सिएका कुरा