भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छामूँ म छामूँ के / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ
अड्न खोज्दा मबाट झन् टाढा भित्तो भाग्दछ

मलाई न रहर थियो, न फाइदा थ्यो’ जिउँदा
त्यसैले म पिउँदथेँ, मरे झैँ हुन्थ्यो पिउँदा
पिउने रहरले झन मलाई नै रित्याइदियो
कति दिऊँ म त्यसलाई अझै त्यो आँसु माग्दछ
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ

बाँचेथेँ जतिञ्जेल, कि रात थियो कि दिन थियो
सबै पग्लेर सकियो शायद त्यो मैन थियो
आफू भन्नु जे थिएँ पलपललाई बाँडिदिएँ
कति दिऊँ म त्यसलाई अझै त्यो उमेर माग्दछ
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ