भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छोडे पनि नछोडिने / कालीप्रसाद रिजाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

छोडे पनि नछोडिने प्यार हो कि छाया
कि त सँगसँगै हिँड्ने यार हो कि छाया

सलाई कोरी बालूँ भने बाल्न नमिल्ने
कतै लगी फालूँ भने फाल्न नमिल्ने
छोडी जाने निष्ठुरीको याद हो कि छाया

कैले ओड्ने आफैँलाई कैले बिछ्याउने
आफ्नो जाने ठाउँ छैन खाली पछ्याउने
नियातिको कुनै कैदी दास हो कि छाया