भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जलेको बलेको छ मेरो तराई / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जलेको बलेको छ मेरो तराई
थिए जो दिलैमा भए ती पराई
 
हिजोसम्म कस्तो थियो प्रेम हाम्रो
कहाँको कताको गरायौ मलाई
 
यता घाउ दुख्दा त्यता हाँस्न थाल्यौ
म खोज्दै छु पानी नदेऊ सलाई
 
सबै बिर्सी आऊ बितेका कुरा ती
मिलाएर छाती बनौँ भाइभाइ
 
फलाऊँ फुलाऊँ छ नेपाल राम्रो
यहाँ जित्नु के नै छ माटो जलाई।