भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
जसै केश तिमीले फुकायौ / अम्बर गुरुङ
Kavita Kosh से
जसै केश तिमीले फुकायौ
हावा गजबसँग लहरायो
जिन्दगीले हेर मुस्कुरायो
तिमी कौसीमा आई उभियौ
कसैले त्यो झ्याल उघार्यो
जिन्दगीले हेर मुस्कुरायो
कलकल झरनामा तिमी नुहायौ
जस्ताइ पहाड झरीमा नुहायो
घाम ताप्दा कलिलो त्यो दिनमा
जिन्दगी नै तिमीमा सुहायो
तिमी बारीको डिलमा उभियौ
तिम्रो आँचल हावाले उडायो
जिन्दगीले हेर मुस्कुरायो
भर्खर लाएकी चोली र सारी
सबै हेर्छन् तिमीलाई निहारी
एक छिन पर्खन पुछ मुहार
पसिनाले तिमीलाई सुहायो
जसै डोरीमा रुमाल सुकायौ
अधीर भई त्यो फर्फरायो
जिन्दगीले हेर मुस्कुरायो