भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
जिन्दगी जस्तो हेर्नुस् न ! / ज्ञानुवाकर पौडेल
Kavita Kosh से
जिन्दगी छैन अचेल जिन्दगी जस्तो हेर्नुस् न !
मान्छे भो आज कति सस्तो हेर्नुस् न ! !
सामाजिक अभिशापका यी क्रूर श्रृङ्खलाहरू रोपे कल्ले ?
सुनेर पनि सब गर्छन् नसुने जस्तो हेर्नुस् न !
कुरा चपाउँछन्, कोही यहाँ खुट्टा तान्छन्
दुनियाँमा हुन्छ अन्त कहीँ यस्तो ? हेर्नुस् न !
बाँचियो जिन्दगी खूब मजाले भोगियो पनि
जिउनुको स्वाद तर कति निस्तो हेर्नुस् न !
छातीमा आज यो पुरानो चोट बल्झेर फेरि
कहिल्यै बिसेक नहुने घाउ भो कस्तो हेर्नुस् न !