भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जिन्दगीको पानाभरि / भैरवनाथ रिमाल कदम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जिन्दगीको पानाभरि सुख भेटिदैन
के भो यस्तो मलाई लौ न बुझिदेऊ
मनको आसा पुर्‍याउने फूल फुलाइदेऊ
व्यथा लुक्छ शून्यभित्र हेर्दा देखिदैन
मुखमा ल्याई भन्न खोज्दा बोल्न सकिदैन

जीवनमा एउटै मेरो इच्छा अल्झिरैछ
हृदयको नशा नशा संचार भइरैछ
चाहनामा अल्झाउने तार छिन्नसक्छ
हेरी ल्याए जिन्दगीमा व्यथा दिनसक्छ