भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन भनूँ त घात छ / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जीवन भनूँ त घात छ
मृत्यु भनूँ त सास छ
दोधारमा बाँचूँ कति ?
हरगीतमा चित्कार छ

न बास छ, न आश छ
मान्छेहरूकै त्रास छ
जहाँ म खोज्छु उठूँ भनेर
त्यहीँ असारे भास छ

अँध्यारो छ, ओह्रालो छ
खेद्नेहरूकै लाम छ
चर्किसके चाहना सबै
दुख्ने मुटुचाहिँ बाँकी छ