भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झरेको फूल फेरि / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

झरेको फूल फेरि बहार बटुल्न खोज्छ
टुक्रिसकेको मुटु रहर सँगाल्न खोज्छ

एकपल्ट झरेर के भो वसन्त फेरि आउँछ
वैँशको रङ्गमा रम्न प्रकृति पनि धाउँछ
निराशा उठेर आज आश अँगाल्न खोज्छ
टुक्रिसकेको मुटु रहर सँगाल्न खोज्छ

बाँच्न चाहनेले केही चोट खप्नैपर्छ
घाउ निको हुन एकछिन त पख्नैपर्छ
खै केले मनलाई, यसरी सम्हाल्न खोज्छ
टुक्रिसकेको मुटु रहर सँगाल्न खोज्छ