भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

डाइस र संझनाहरु / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


गाँऊको चोक
पीपलको ढुगें चौतारो
कान्छो, म र साथीहरु
सुटुक्क डाइस खेल्न जान्थ्यौ
आमाका आँखा छलेर ।

दुईको चार हुन्थ्यो
चारको आठ
उतिवेला, हामीसंग त
मोहर र सुका मात्र हुन्थ्यो ।

सपनामा पनि उडेको देख्थ्यौँ
भmण्डी एकातिर , वुर्जा अर्कातिर
म त समात्न खोज्दो रैछु
इटा , भोटे ,पाना र चिडी दगुरेर ।

एकदिन, विहान खानापछि
विरालाको चालमा दुवै भाग्यौं
मैले थापे भोटेमा
कान्छाले थाप्यो चिडीमा
दाऊ मलाई परयो
मोहरको रुपैया पाएँ ।

कान्छोको साऊ सकियो
मैले दिए सापटी
उसको परेन गोटी
उसले त्यो पनि हारयो
म चाहि साऊ लिएर फर्र्किए ।

ती साथीका हुल,
डाईस खेलाउनेहरु,
कान्छो
कहाँ कहाँ पुगे होलान्
सोचीरहन्थे चौतारो पुगे पिच्छे ।

निकै पछि
एकदिन कान्छो गाँऊ आयो
हाल खवर सोधें
उ त डाईस हारे जस्तै सुस्त भएछ
उसले भन्यो
म त डाईसको गोटी भएको छु
मलेसियाको चिप्लेटीवाट लडेर।

मैले थपे, कान्छा !
म त साऊको साऊ
वा वेपत्ता हुनुभो
एक्लै वसेको छु गाँऊ ।