भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तक्दिर / राज माङ्लाक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


निधारमा –
कसले देखेको छ र !
आउँदो समय,

त्यो त,
केवल उदाउँछ एकाबिहानै
प्रत्येक घरधुरीको टुप्पा टुप्पा भएर
र अस्ताउँछ साँझका अँध्यारा व्यथाहरुसँग

अलाराम बजेको हुन्न
भरिलो छ या अक्करिलो छ भनेर
न सूचना पाटीमा टाँसिएको हुन्छ
तमसुकका लिखितम् बकितम्का व्यहोरासँग

बस्, हिडिरहनु पर्छ
मृत्यु हात हातमा पुग्नु अघिसम्म पनि ।