भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी आउँदा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी आउँदा निदाएको रहेछु भने तिमी नरिसाउनू
ब्यूँझाउनू मलाई तिमीले या छेऊमा आई निदाउनू

कोठा मिलाई केहीबेर पर्खेँ, तर तिमी आइनौ
भान्साका काम धेरै थिए होला शायद तिमीले भ्याइनौ
सकेर काम कोठामा आई सुस्तरी मलाई चियाउनू
ब्यूँझाउनू मलाई तिमीले या छेउमा आई निदाउनू

कोठामा आई ऐनाअगाडि शायद आफैँलाई हेर्दी हौ तिमी
मेरो छेऊ आई आहटले ब्यूँझाउन मलाई खोज्दी हौ तिमी
छेउमा आई औँलाहरूले सुस्तरी मलाई चलाउनू
ब्यूँझाउनू मलाई तिमीले या छेउमा आई निदाउनू