भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी आफूलाई / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी आफूलाई अप्सरा भनी ठान्दछौ भने
म आफूलाई देवता किन भनी नठानु

म मान्दछु तिमीलाई तारिफ गर्छन् मान्छे
लाखौंमा एक हुन्छन् तिमीजस्ती भन्छन् मान्छे
म पनि त तिमीलाई लोभ्याइराख्न सक्छु
छिन्‌मै रुवाउन सक्छु छिन्‌मै हँसाउन सक्छु

फूलको त के कुरा भो’ र वसन्तै दास तिम्रो
अमृत मगमगाउँछ सँगाली सास तिम्रो
म पनि त पथ्थरलाई प्रेमले पगाल्न सक्छु
मायाले जित्न सक्छु आफ्नो बनाउन सक्छु