भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी आयौ जीवनमा / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमी आयौ जीवनमा फेरि एकपल्ट
र मलाई रुवायौ बेस्सरी एकप्लट

चाहनु तिमीलाई अपराध भएथ्यो
म दोषी ठानिएँ यसरी एकपल्ट

पीडा र वेदना सधैं नै मसँग
साथी भो साउने झरी एकपल्ट

किन आउँछ उनको एकनास याद
आए हुन्न ? घरी– घरी एकपल्ट

शायद अब यो सपनीमा होला
कवै हुन्नन् उनी मनेरि एकपल्ट