भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी र म अनि यो मधुमास / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी र म अनि यो मधुमास
आऊ आज भुलौँ संसारलाई

बढ्दै गएका मुटुका धड्कन
चढ्दै गएका आँखाका नसा
ती रहर, यी इच्छा, अनि कामनालाई
भन कसरी बाँधूँ यो सागरलाई
आऊ आज भुलौँ संसारलाई
तिमी र म अनि, यो जुनेली रात

खुल्दै गरेका लाजका पर्दा
फुक्दै गरेका सङ्कोचका बाधा
त्यो वेग यो आँधी, अनि बतासलाई
अब कसरी रोकूँ तूफानलाई
आऊ आज भुलौँ संसारलाई
तिमी र म अनि, यो मधुमास