भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी हुनुको (अंश - २२) / इन्दिरा प्रसाई
Kavita Kosh से
धरतीको काखमा
तिमी अजिङ्गर थियौ
र बिस्तारै निल्यौ उसैलाई ।
वाफको समूहमा ढुङ्गा मिसिइदिँदा
हावाको वेदनामा
पहाड रोइदिन सक्छ
अब मनको तरेलीमा
बैगुनीलाई बास छैन ।
आस्थाले प्रीत नलाउनु
बिर्सनु आफ्नो भन्ने कुरा ।
बिस्तारै उग्राउँदै जाँदा
मेरो अस्तित्व सकिन सक्छ
त्यसैले बन्धनभित्र पनि म
अब चक्कुले रेटिरहेछु ।
•
बाहिर निस्कँदै छु म ।