भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हुनुको (अंश - २४) / इन्दिरा प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सिमानालाई छाँद हालेर
म बाँध बनाउन पनि सक्तिनँ ।

लगातार पानी बगिरहेछ
ए ! कोही आउ
र जगाउ
बाढी आउन लागेको छ ।

निजत्वको खोजी गर्न
तिमी म्युजियममा पुग्नेछौ
त्यहाँ भेटेको आफूलाई
ब्युँताउन नसकेपछि
आफू हुनुको पीडामा
निसासिए पनि
छटपटिए पनि
एक्लै असहाय भएर
फर्कनु र बस्नुको दोसाँधमा
बित्ने बाध्यता भनौँ
या यथार्थ पनि
एउटा समयको
पारिलो अनुहार देख्दै छु ।