भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीलाई लेखूँ म कलमले / वीरेन्द्र पाठक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमीलाई लेखूँ म कलमले
या पोखूँ तिमीलाई हृदयले
तिमी त्यस्ती छौ कविता अधुरै रहन्छ
तिमी त्यस्ती छौ कल्पना अपुरै रहन्छ।

बाटोलाई सोधेँ तिम्रो पाउ कस्तो छ भनेर
पवनलाई सोधेँ तिम्रो सुबास कति प्रिय भनेर
तिमी कस्ती छौ प्रकृति बुझ्न सक्तिनँ
तिमी त्यस्ती छौ सपना भुल्न सक्तिनँ।

आँखाहरुमा तिम्रो छविलाई उतारी हेरेँ
एकान्त मनमा तिम्रो सुन्दरता केलाई हेरेँ
तिमी कस्ती छौ सम्पूर्ण भन्न सक्तिनँ
तिमी त्यस्ती छौ बिपना छोड्न सक्तिनँ।