ती दिन
कविता नै
मेरो बस्ने ठाउँ थियो
र जबजब असुरक्षित महसुस गर्थेँ म
त्यसकै सनातन शरणमा पुग्थेँ ।
अहिले
कतै कुनै ठाउँ छैनन्
जसले मलाई भीडबाट लुकाउन सकुन् ।
हरेक झ्यालपछाडि
हरेक कोठाका भित्र र बाहिर
उपहास गरिरहन्छ
एउटा पिपलपाते विदुषकले ।