भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

त्यै हो मेरो देश / क्षेत्रप्रताप अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मनको माटोमा पल्लवित
लालीगुराँस हो देश
रातो फुले पनि लौ
सेतो फुले पनि लौ
फूलमा देश फुल्नुपर्छ
त्यै हो मेरो देश।

मुटुको बिन्दुमा टुसाएको
सगरमाथा हो देश
इन्द्रेणी खुले पनि लौ
गोधूलि खुले पनि लौ
रङ्गमा हिमालय घोलिनुपर्छ
त्यै हो मेरो देश।

आँखाको नानीमा नित्य
चोखो पानी हो देश
सङ्लो बगे पनि लौ
धमिलो बगे पनि लौ
पानीमा स्वाभिमान बग्नुपर्छ
त्यै हो मेरो देश।