भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दसैँ भयो नि / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



वर्षदिनको चाड हजुर आउँछ वर्षेनी
यो दसैँ त दसै भयो नि
दुःखमाथि दुःखै थप्यो
भोकमाथि शोकै थप्यो
यो दसैँ त दसै भयो नि
 
थाप्लोभरि रिन बोकी जेठो भयो परदेसी
चिचिलाको पेट भोकै, जन्मदिने भएँ दोषी
जहान मेरो रोगी हजुर धेरै कष्ट भोगेँ हजुर
यो दसैँ त दसै भयो नि
 
मक्किएको धुरीखामो जिन्दगीको बाटो लामो
हात राखी पुर्पुरोमा छाती पिटूँ कसको सामू
साहुलाई भयो जेथा हजुर मनमा रह्यो व्यथा हजुर
यो दसैँ त दसै भयो नि