भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दार्हाो निकालेको अजिङ्गार / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अजिङ्गार पृथ्वीको कलँक हो
दार्‍हा निकालेको अजिङ्गार म मान्दिन
मृगको भित्रभित्रै टुक्रीएको हाड
मुग्लान पसेको छोरो सर्पले डसेर उता उतै
घाँस लिन गएकी चेलीको सतित्व हरण
देशका वीर छोराहरुका छातीमा गोली
उठेका थिए हातहरु अजिङ्गारको नासमा
उठेका थिएनन् हातहरु सभ्य अजिङ्गारको आशमा
अजिङ्गार अजिङ्गार नै हुन्छ
अजिङ्गारमाथि मेरो बिरोध छ ।