भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नजाऊ भन्न सकिनँ / ज्योति जङ्गल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



मैले उसलाई
नजाऊ भन्न सकिन।
 
उसका हजार सुसेलीहरु
बेसुर जलमा अन्योल थिए
नुहायो शुन्यता मात्र
छमछम झरेको सेतो पानीमा।
 
कोही हिड्यो
रत उसको पदचापको आकाश खुल्यो
र सम्झनाका लाखौं तारा उदाए,
खसाइन् आमाले
या प्रियतमाले प्रिय आसु
हेर्दै छोडीजानेको
अनुहारको नक्शा ?
 
पसिनाको बगुन्द्र धारामा
सपनाका आकारहरु लहराएर उठे
र जीवनको रङ खुल्यो।
 
हो, मैले उसलाई
नजाऊ भन्न सकिन।
 
मलाई थाहा छ,
ऊ एकैदिन बाच्दैन त्यो परदेशमा (बाँच्नुको अर्थ सास फेर्नुमात्र होइन)
हरेक रातका निन्द्राहरु
घरको छायामा आएर सुत्नेछन्
उः चिठ्ठीमा समेत
लेख्न सक्नेछैन उस्को दुख
निश्चयः ऊ बोल्नसक्दैन उस्का दिनहरु।
 
नत्र, ऊ यो देशको एउटा बेरोजगार बैंश
उधारो रक्सीको आहालमा
जिउदै मुन्टो डुवाएर मर्थ्योहोला,
बलिया पाखुरामा अल्भि्कएका हत्केला हेर्दै
भाग्यलाई सरापेर बहुलाउथ्यो होला,
कहीँ हराउथ्यो माया
र असफल इच्छामा सेरिएर
आत्महत्या गर्थ्यो खुशीले।
 
जीवनको ईश्वर बास उठाएर हिडेको छ,
मनले नजानू भनेको कुरा मनैलाई थाहा छ
स्नेह अचानो बनेको कुरा छातीलाई थाहा छ,
विछोडको ठंडीमा कामेका ओठहरु
नछोइ हिड्यो ऊ,
आखाको झरीमा रुझेका चोटहरु
नहेरी हिड्यो ऊ,
मैले उसलाई
नजाऊ भन्न सकिन।