भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
निषेध / श्यामदास वैष्णव
Kavita Kosh से
झूठ बोल्यो भनी कसैले नरिसाऊ
गयो प्रशंसा भनी कसैले नखुसाऊ
किनकि यहाँ मानिसले आफैलाई छल्न जानिसकेको छ ।
कसैको मीठो मुसकानमा नफँस यहाँ
तीखो बिझने बानमा नघुस यहाँ
किनकि यहाँ मानिसले मानिसलाई ठग्न जानिसकेको छ ।
बन्नु पर्छ यसैले बडो होशियार
जिब्रो छ तरबारको दोधार
जो ठान्छौ न्याय त्यो अन्याय पनि हुन सक्छ
जो ठान्छौ अन्याय त्यो न्याय पनि हुन सक्छ
किनकि यहाँ परिवर्तनको साथ-साथ
मानिसले बद्लिन जानिसकेको छ।
................................................
सोझो बाटो, १२, मंसीर २०१७