नीलो सिमाना. / सविता गौतम दाहाल
आएर तिमी गइरहयौं
मैले लगाइदिएको तिलकसंगैं
ओ योद्धा,
ओछयाएर रातो मखमली
सधै तिम्रो स्वागतमा आरतीसगैं
पर्खि बस्छ, , एउटा सिमाना ।
गुँरास फूल्ने गाउँ, गुलाफ रोप्ने शहर
सुन फलाइरहेको तराई
यी सवको रक्षार्थ
आएर तिमी गइरहयौ
मैले लगाइ दिएको विजयमालासंगै
ओ योद्धा,
विछयाएर मन्दोदरी मन
सधैं सुसमाचरको आशमा
पर्खि वस्छ , एउटा ठेगाना ।
यति तीब्र वेग छ पसिनाको
अनुहार छोप्ने गरि आएका धुलकण
वजारिन्छन सीधै भुईमा ।
परास्त वैरी मनोवलहरुको उज्यालो
घोडाको आँखामा चम्केपछि
राँको वालेर पहेंलो रात
आएर तिमी गइरहयौं
मैले हातमा दिएको तरवारसंगै
ओ योद्धा
भावी शिलालेख बोकेर
पर्खि वस्छ , एउटा सिमाना ।
अस्त्विको भार कांधमा सजिएको दिन
मनायौ उत्सव र कैयौ प्रण गरयौ
गडिएको छ अगुवा सोच
दशगजा वरिपरि
सूर्य र चन्द्रसंगै
अनन्त फहरिरहेका छौ नीलो सिमानाभरि
गएर तिमी आइरहयौ
मलाइ दिएको वाचासंगै
ओ योद्धा,
सधैं जीवन गीतमा लय हालेर
पर्खि बस्छ , एउटा सिमाना ।