भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पट्टी / माना आगाई / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

असङ्ख्यपल्ट घाइते भएका छौँ हामी
हाम्रा भान्सामा भएका पट्टी लगाएर
उपचार नै गर्नुपर्ने गरी

र हामीले भिडन्त गर्नुपरेको छ योगीहरूसँग
हामी आफैँ नै योगी हौँ भन्ने बुझाउनलाई

रगतको नाता छ तिमी र म बीच
तिमीले कविता बनायौ आफ्ना चोटलाई
र मैले भने आफ्नो मनमा पट्टी लगाएँ ती चोटहरूको

के फरक पर्छ
एउटा किताबमा कतिवटा चोट कुँदिएका छन् भनेर
कुनै विशेष सङ्केत हैन चोट लाग्नु
साँच्चै भन्छु-
रक्तनलीको मेरो अंशमा परेको भाग जहिल्यै पनि चक्कु भयो
तर मेरा कारणले तिम्रा कविता रक्ताम्य होउन् भन्ने ध्येय
कहिल्यै पनि थिएन मेरो

यो कविता जुन तिमीलाई समर्पित गर्दैछु म
एउटी घाइते नारीद्वारा लेखिएको कविता हो
जसमा म यति थप्छु-
बाँध तिम्रा चोटहरू
र प्रकाशित गराऊ तिनलाई
तिनीहरू पुराना समाचार हुनुभन्दा अगावै ।