Last modified on 16 जुलाई 2017, at 09:41

पहाड दुख्छ, मधेश देख्छु / राजेश्वर रेग्मी


पहाड दुख्छ, मधेश देख्छु
आँखामा सधैं यो देश दुख्छ

रोल्पा र रुकुम सम्झेर ल्याउँदा
आमाको सिउँदो र केश दुख्छ

तिमीलाई खै, के भयो कुन्नि
माटोको भूषा र भेष दुख्छ

शत्रु त हामीले चिन्नु नै छ
जसलाई राष्ट्रको यश दुख्छ