भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पिएर पानी सोधेछु जात / ज्ञानुवाकर पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लाग्यो आखिर ठूलै बात
समाउँदा मैले तिम्रो हात

देखिनँ आँखा प्यास लाग्दा
पिएर पानी सोधेँछु जात

पहिले लाग्थ्यो पैसाको नशा
अचेल लाग्छ रूपको मात

कमाएँ बदनामी यो कस्तो मैले ?
नचले नि हावा हल्लिन्छ पात

मायाको बदला नदिएर माया
गरेकै हो तिमीले अन्तरघात

नसोध बित्छ कसरी दिन ?
लाग्छ किन प्यारो रात ?

फोर्न नजान्दा मौकाँ हीरा
खायो 'ज्ञानु'ले समयको लात ।