भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पीरैपीरको भारी बोकी / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पीरैपीरको भारी बोकी कता जाने तामाङ दाइ
उँभो लागे बिगु गुम्बा
उँधो लागे नीलो गङ्गा
जहाँ पुगे’नि सुख छैन सपना देख्ने मान्छेलाई

पहाड नाघ, जङ्घार तर भेटिने त उही सूर्य
बिसोनी हो यशोधरा तिम्रा लागि तिमी बुद्ध
पीरैपीरको भारी बोकी...

यो बाटोमा पसिनाको एकपछि अर्को हिमाल
जति आँसु बहे पनि आफ्ना लागि आफैँ रुमाल
पीरैपीरको भारी बोकी...