भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रतिध्वनि / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


शिखरले निम्ताएको नदी किनार
कलाको उर्वर स्पन्दन खिपेर
कुदिएको कविता जस्तो
गुलाफी आलिङगनको एउटा आभाष
जब पोतियो
मनको क्यानभासमा
किनाराको पश्चिमी शैली
चुपचाप थिएन
हृदयभित्रको मीठो वहाव
कुनै मनोरम स्वप्न दृश्य भन्दा कम थिएन
हो, एउटा अनुभूति, जुन हिजो कतै थिएन

शब्दका तरङगित छालहरु
साँझमा देखिएका रुखहरु, थुम्काहरुसगैं
टोलाइरहेथे सायद
आकाशका निन्द्रामग्न आँखाहरुमा
सूर्य लुकामारी खेल्दै
पारिपट्टि पुगेको क्षण
एउटा स्वागत ,एउटा सम्मान आएर गइसकेछ ।

जव उज्यालो भेटें यसपटक
विम्वालाइ गहिरिएर सुने
कविको घर, साथी र चोटलाइ बुझें
पेगोडा भावको छाना मुनि
पटक पटक व्यूझें, भावुक भएं ।
हो, पुर्णिमाको पीडामा रोएं
अनि उनकै दिप्त अरहतमा आफूलाई नियालें ।

वितेको एउटा कलामय समय बोकेर
मन–महलको उदार पर्खाल
एउटा तृप्तिले सजिएको छ
ती सजिव पलहरुको मोति
विनाडर, विना भय
युगौं सम्म प्रतिध्वनि
बाँडिरहने छ ।