भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रतिबद्धता र सूर्य / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


खल्तीबाट
एकमुठ्ठी हात्ती झिकेर
उसले
सूर्यलाई देखायो
झोलाबाट
एक मुठ्ठी चक्लेट झिकेर
उसले
सूर्यलाई देखायो
अँध्यारो खण्डहरबाट
एक मुठ्ठी
षोडशी
सुन्दरीको कथा झिकेर
उसले
सुनायो
बेकार-बेकार जस्तो पो लाग्दैछ है
सूर्यलाई
बरफमा
अनुबाद गर्न खोज्ने
तपाईका कुटनितिक प्रयत्नहरु
पढेलेखेको मान्छे तपाईलाई याद हुनुपर्ने
सूर्य त स्वयंममा
तातो हुँदैन र महशय ?