भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रवासी आवाज / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


नेपाली हौँ विदित जगका वीर हामी लडाका
जानेका छौँ समर बीचमा शक्तिको बोल्न भाका
हाम्ले ठाडो गरन अरुकै आजसम्मन् पताका
पोख्यौ धेरै रगत अब ता खुल्न गो बल्ल आँखा

आफ्नै देशमा जिउन जिविका पाउनु आश मारी
बन्नू हामी कति दिन अरू देशमा गै भिखारी
माग्दा इन्साफ कसरी सहने ? हत्कडी नेल फाँसी
एकै गाँठो हुनु अब पर्‍यो आज हामी प्रवासी