भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बजारतन्त्रका तीन अनुहार / पुरुषोत्तम सुवेदी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एक

ब्याङ्क काउन्टरको
न्यून वैतनिक कर्मचारी
सारा नोट थन्क्याइसकेपछि
झल्याँस्स सम्झन्छ
रित्तो गोजी
र, बिरामी छोराको अनुहार,
उसलाई थाहा छ
आज पनि पहिलेझैँ
कसैसँग
सापटी माग्नुपर्छ ।

दुइ

दिनभरि टेलिफोन समातेर
आकाशे खेती गर्ने
दलाल भुँडे सेठ
सा“झमा थन्क्याउ“छ सेफमा
हरिया नोट, चेक
र, ब्याङ्कका भुक्तानी पुर्जाहरू
दिनहरू झन्झन्
शुभ हुँदै गएका छन् ।

तीन

जागिर छाडेर राजनीतिमा
र, राजनीतिमा टेकेर
गैरसरकारी संस्थामा
समाजसेवा गर्ने नेताजी
प्रसन्न छन्
ख्याति र समृद्धिले,
तर, सामान्य मान्छेको जीवनस्तर
निरन्तर खस्कँदो छ
र, त्यसैको निवारणका नाममा
डलरको वर्षा गर्छ विदेशी दाताले,
यो अर्थतन्त्र
झन्झन् उदार
झन्झन् मानव द्रोही
झन्झन् नाफामुखी
र, झन्झन्
बजारमुखी हुँदै गएको छ ।