भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाटो / तुलसी दिवस

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हिँड्दा-हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दोरहेनछ ।

तेर्सिँदा-तेर्सिँदै तेर्सोमा
तेर्सिएको बाटो नै उक्लेपछि
तेर्सिनेको पनि केही लाग्दोरहेनछ ।

उक्लँदा-उक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दोरहेनछ ।

ओर्लँदा-ओर्लँदै फेरि
ओर्लेको बाटो नै उक्लेपछि
ओर्लनेको पनि केही लाग्दोरहेनछ ।

हिँड्दा-हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दोरहेनछ ।